२०८२, ५ चैत्र शुक्रबार

काठमाडौंमा ‘मोदीबेनी’ भव्य प्रिमियर

काठमाडौंमा ‘मोदीबेनी’ भव्य प्रिमियर


काठमाडौं ।  भोलि (शुक्रवार) देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ ।

प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने ।  वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए। अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन् ।  नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन् ।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, दिलीप के।सी।, कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो ।

प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए ।

 ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ ।

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन् ।

‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन् ।  कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे ।

कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए। समग्रमा चलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझाव दिए। कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताए। कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन् ।

चलचित्रका नव अभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिइन् । उनले नेपाली चलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको जनाइन् ।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका चलचित्रहरू भन्दा फरक लागेको बताए।निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए। उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए । अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन्। सबै कलाकारले आफ्नो चरित्रलाई न्याय दिएको जनाउँदै आफूले दर्शकको नजरबाट चलचित्र हेरेको बताइन् ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  १ : ५४ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३