२०८३, १५ कार्तिक आईतबार

इजरायलको आक्रमणमा पछि नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

इजरायलको आक्रमणमा पछि नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह


काठमाडौं । इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनान समेत हेर्ने दूतावासले नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।

‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा भनिएको छ । लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुकर मारिएपछि तनाब बढेको छ ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ११ : १३ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग