२०८२, १७ माघ शनिबार

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा


काठमाडौं । सरकारले झन्डै दुई दर्जन सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेको हो ।

अर्थसचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ । हाल उनी राजस्व सचिव हुन् । स्रोतका अनुसार अर्थसचिवमा रहेका मधुकमार मरासिनी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

यस्तै, राजश्व सचिवमा भने दिनेश कुमार घिमिरेको सरुवा भएको छ । हाल उनी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव छन् । तर, अन्य कुन मन्त्रालयका सचिवहरुको कहाँ सरुवा भयो भन्ने विस्तृत सूची आउन बाँकी छ।

‘सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २१ वटा सचिवहरुको सरुवा गरेको छ । यसको विस्तृत विवरण भने आउन बाँकी छ’, एक मन्त्रीले अर्थपथलाई बताए ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  ११ : ०२ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको