२०८३, ५ असार शनिबार

बैंकले लिने विदेशी ऋणमा विनिमय दरको जोखिम राष्ट्र बैंकले बेहोर्ने

बैंकले लिने विदेशी ऋणमा विनिमय दरको जोखिम राष्ट्र बैंकले बेहोर्ने


काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले भारतीयबाहेक अन्य विदेशी मुद्रामा ऋण लिँदा विनिमय दर परिवर्तनबाट हुने जोखिमको दायित्व नेपाल राष्ट्र बैंकले लिने भएको छ । आइतवार राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली–२०८१ जारी गर्दै विदेशी मुद्राको ऋणलाई निश्चित दरमा खरीदविक्री गर्न सक्ने व्यवस्था गरेको हो ।

विनियमावलीअनुसार विदेशी मुद्रामा ऋण ल्याउने बैंक र राष्ट्र बैंकबीच ‘खरीदविक्री अमेरिकी डलररनेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ । यस्तो कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले ऋण ल्याउने बैंकसँग तोकिएको दरमा अमेरिकी डलर खरीद गरी नेपाली रुपैयाँ विक्री गर्नेछ । यसैगरी दोस्रो चरणमा पहिले खरीद भएको रकम बराबरको डलर तोकिएको मिति र विनिमय दरमा नै राष्ट्र बैंकले बैंकलाई विक्री गरी नेपाली रुपैयाँ खरीद गर्ने व्यवस्था छ ।

नियमावलीअनुसार अब राष्ट्र बैंकले ऋणमार्फत भित्रिएको विदेशी मुद्रा निश्चित दरमा किन्ने र बैंकहरूको ऋण तिर्ने समयमा तोकिएको दरमा विदेशी मुद्रा विक्री गर्ने बाटो खुला भएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले जानकारी दिए । यसबाट विदेशी मुद्रामा ऋण लिँदा विनिमय दर परिवर्तनको जोखिमको दायित्व बैंकहरूले लिनु नपर्ने उनले बताए ।

राष्ट्र बैंकले ८ वर्षअघि नै बैंकहरूलाई विदेशी मुद्रामा ऋण ल्याउने व्यवस्था गरेको थियो । तर, बैंकहरूले विनिमय दरमा हुने जोखिमका कारण ऋण ल्याउन रुचि देखाएका छैनन् ।

सोही कारण बैंक, वित्तीय संस्थाले विदेशबाट भित्त्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय दरको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्वाप कारोबारको विनियमावली जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसका लागि स्वाप कारोबारको बोलकबोलमा नै खरीदविक्री गर्ने अमेरिकी डलर रकम, विनिमय दर, पहिलो चरणको कारोबार राफसाफ मितिका साथै विक्री गर्दाको विनिमयदर तथा राफसाफ मिति तोक्नुपर्ने प्रावधान छ ।

विदेशबाट भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रामा ऋण भित्त्याउने इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त र पूर्वाधार विकास बैंकले स्वाप कारोबार गर्न पाउने योग्यता तोेकेको छ । यस कारोबारका लागि बोलकबोलमा बैंकहरूले न्यूनतम १० लाख अमेरिकी डलर र बढीमा १० लाखले भाग गर्दा निस्शेष भाग जाने गरी विदेशबाट भित्त्याएको ऋणको बक्यौता साँवा रकमसम्म हुने गरी आवेदन गर्न सक्ने प्रावधान छ ।

यसैगरी विनियमावलीले राष्ट्र बैंकमा विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरको अध्यक्षतामा स्वाप कारोबार समितिको व्यवस्था गरिएको छ । समितिमा राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंकिङ विभाग र वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक सदस्य रहनेछन् भने विदेशी विनिमय व्यवस्थापन विभागको लगानी हेर्ने निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले पहिलोपटक २०७४ चैतमा वाणिज्य बैंकहरूलाई प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण ल्याउन खुला गरेको थियो । उक्त प्रावधानलाई लचिलो गर्दै केन्द्रीय बैंकले पछिल्लो समयमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका साथै लघुवित्तले समेत ऋण लिन सक्ने सुविधा दिएको छ । यसैगरी भारतीय रुपैयाँमा समेत ऋण लिने बाटो खोलिसकेको छ ।

हाल बैंकहरूले आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन सक्ने प्रावधान छ । बैंकहरूले उक्त ऋण नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारण लाइन, सडक शुरूङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार पवदेशी मुद्रा आर्जन गर्ने पर्यटन कृषिक्षेत्र, साना तथा मझौला उद्योग, अन्य उत्पादनमूलक उद्योग र उत्पादनमूलक क्षेत्रका साथै लघुवित्त क्षेत्रमा लगानी गर्न सक्नेछन् । बैंकहरूले विदेशी बैंकका साथै स्वीकृत प्राप्त पेन्सन फन्ड, हेज फन्डलगायतबाट समेत ऋण लिन पाउने सुविधा छ । विदेशबाट लिने कर्जा ६ महीनाको अन्तरबैंक दरमा ४ प्रतिशत थप गरी निर्धारण हुनुपर्ने छ । एकदेखि ५ वर्ष अवधिको यो कर्जाका लागि धितो जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने प्रावधान छ ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : २२ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे