२०८३, ८ आश्विन शुक्रबार

भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपुरका एक युवकको मृत्यु 

भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपुरका एक युवकको मृत्यु 


काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का एक युवकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी स्थित सडक खण्डमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । टिपरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार काभ्रेकै २० वर्षीय सञ्जिव थापामगर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का २८ वर्षीय राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आईतबार  ९ : ५६ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई