२०८३, २९ आश्विन शुक्रबार

उदयपुर वार एशोशिएशनमा भाँडभैलो, उठ्यो बैधानिकताको प्रश्न

उदयपुर वार एशोशिएशनमा भाँडभैलो, उठ्यो बैधानिकताको प्रश्न


काठमाडौं:नेपाल वार एशोशिएशन उदयपुर इकाईको २६ औं साधारणसभा अबैधानिक रुपमा सम्पन्न गरिएको तथ्य सार्वजनिक भएपछि भाँडभैले मच्चिएको छ ।
प्रगतिशिल पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) उदयपुरका अध्यक्ष हिमालकुमार खड्काका अनुसार विधानले व्यवस्था गरे बिपरित गएर प्रतिनिधी छनोट र समिति चयन गरिएको हो ।
वार इकाईका बहुमत सदस्यले कोषाध्यक्षद्धारा आर्थिक अनियमिता गरेको आरोप लगाएका बेला छानवीन समितिले प्रतिवेदन सार्वजनिक नहुँदै उनैलाई पुरस्कार दिएझैंगरी पुनः कोषाध्यक्ष चयन गरिएपछि अधिवेशनको बैधानिकतामाथि प्रश्न उठेको हो ।
एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि पिपिएलएले सो प्रक्रिया तत्कालै रोक्न भन्दै निर्वाचन कमिटीलाई विनेदन बुझाएको थियो । तर उनीहरुले यस्तो निवेदन उपर कुनै कुराको सुनुवाई हुन नसक्ने बताएर एकपक्षीय कमिटी बनाउन सघाएका थिए ।
त्यसैगरी जिल्ला अदालतले फौजदारी अभियोगका दोषी ठहर गरेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधी चयनगर्दै इकाईको साधारणसभा सम्पन्न गरिएको घोषणा गरिएपछि त्यसको बैधातिकता माथि गंभीर प्रश्नसमेत उठेको छ ।
यसैबीच उदयपुर वार इकाईको अबैध साधारणसभाको सबै निर्णय खारेज गरिपाउँदै भन्दै पूर्व अध्यक्षसमेत रहनु भएका बैकुण्ठ दाहालले बुधवार नेपाल वार एशोशिएशनमा निवेदन दर्ता गराउनु भएको छ । नेपाल वारको इतिहासमा यस्तो साधारणसभा भएको थिएन, अहिले साथीहरुले अबैध तरिकाले सिंगो वारकै बदनाम गराउनु भएकोछ, आशा छ, केन्द्रले त्यस विषयमा सकारात्मक पहल अगाडि बढाउने छ ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार  ३ : ५८ बजे

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका