२०८३, ११ कार्तिक बुधबार

उदयपुर वार एशोशिएशनमा भाँडभैलो, उठ्यो बैधानिकताको प्रश्न

उदयपुर वार एशोशिएशनमा भाँडभैलो, उठ्यो बैधानिकताको प्रश्न


काठमाडौं:नेपाल वार एशोशिएशन उदयपुर इकाईको २६ औं साधारणसभा अबैधानिक रुपमा सम्पन्न गरिएको तथ्य सार्वजनिक भएपछि भाँडभैले मच्चिएको छ ।
प्रगतिशिल पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) उदयपुरका अध्यक्ष हिमालकुमार खड्काका अनुसार विधानले व्यवस्था गरे बिपरित गएर प्रतिनिधी छनोट र समिति चयन गरिएको हो ।
वार इकाईका बहुमत सदस्यले कोषाध्यक्षद्धारा आर्थिक अनियमिता गरेको आरोप लगाएका बेला छानवीन समितिले प्रतिवेदन सार्वजनिक नहुँदै उनैलाई पुरस्कार दिएझैंगरी पुनः कोषाध्यक्ष चयन गरिएपछि अधिवेशनको बैधानिकतामाथि प्रश्न उठेको हो ।
एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि पिपिएलएले सो प्रक्रिया तत्कालै रोक्न भन्दै निर्वाचन कमिटीलाई विनेदन बुझाएको थियो । तर उनीहरुले यस्तो निवेदन उपर कुनै कुराको सुनुवाई हुन नसक्ने बताएर एकपक्षीय कमिटी बनाउन सघाएका थिए ।
त्यसैगरी जिल्ला अदालतले फौजदारी अभियोगका दोषी ठहर गरेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधी चयनगर्दै इकाईको साधारणसभा सम्पन्न गरिएको घोषणा गरिएपछि त्यसको बैधातिकता माथि गंभीर प्रश्नसमेत उठेको छ ।
यसैबीच उदयपुर वार इकाईको अबैध साधारणसभाको सबै निर्णय खारेज गरिपाउँदै भन्दै पूर्व अध्यक्षसमेत रहनु भएका बैकुण्ठ दाहालले बुधवार नेपाल वार एशोशिएशनमा निवेदन दर्ता गराउनु भएको छ । नेपाल वारको इतिहासमा यस्तो साधारणसभा भएको थिएन, अहिले साथीहरुले अबैध तरिकाले सिंगो वारकै बदनाम गराउनु भएकोछ, आशा छ, केन्द्रले त्यस विषयमा सकारात्मक पहल अगाडि बढाउने छ ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार  ३ : ५८ बजे

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई