२०८२, २० असार शुक्रबार

बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ : प्रधानमन्त्री

बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युत् बक्यौता उठाइने छ बताउनुभएको छ ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतकाे बक्यौता पनि उठाउनु पर्ने उद्योग पनि चलाउनु पर्ने उल्लेख गर्नुभएको छ । ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, ओलीले लेख्नु भएको छ ।
यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बिचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देश दिएको भन्दै प्रतिनिधि सभा बैठकमा नै माओवादीका एक सांसदले भ्रम फैलाउने प्रयास गर्नुभएको थियो । त्यसको जवाफ प्रधानमन्त्रीले हिजोको प्रतिनिधि सभा बैठकमा पनि दिनुभएको थियो । उहाँले सरकारी राजश्व एक पैसा पनि नछाड्ने तर कसैलाई कुरा मिलेन भन्दैमा नियम विपरीत रकम तिर भन्न पनि नमिल्ने जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार  १० : २१ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको