२०८३, ३० आश्विन शनिबार

बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ : प्रधानमन्त्री

बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युत् बक्यौता उठाइने छ बताउनुभएको छ ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतकाे बक्यौता पनि उठाउनु पर्ने उद्योग पनि चलाउनु पर्ने उल्लेख गर्नुभएको छ । ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, ओलीले लेख्नु भएको छ ।
यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बिचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देश दिएको भन्दै प्रतिनिधि सभा बैठकमा नै माओवादीका एक सांसदले भ्रम फैलाउने प्रयास गर्नुभएको थियो । त्यसको जवाफ प्रधानमन्त्रीले हिजोको प्रतिनिधि सभा बैठकमा पनि दिनुभएको थियो । उहाँले सरकारी राजश्व एक पैसा पनि नछाड्ने तर कसैलाई कुरा मिलेन भन्दैमा नियम विपरीत रकम तिर भन्न पनि नमिल्ने जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार  १० : २१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा