२०८३, ३० असार बुधबार

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको आन्दोलनमा बिपी कोइरालाको असाधारण योगदान रहेको बताउनुभएको छ ।

आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीति र साहित्यको क्षेत्रमा आफ्ना पदचिह्न छाड्न बिपी सफल हुनुभएको बताउनुभयो । ‘नेपाली राजनीति, नेपाली परिवर्तनको आन्दोलन, नेपाली साहित्य आकाश, यी सबैमा आफ्ना पदचिह्नहरू छाड्न अत्यन्तै सफल व्यक्ति हुनुहुन्छ’, ओलीले भन्नुभयो ।
नेपाली साहित्य राजनीतिलाई धेरै उचाइमा पुर्‍याउने काम बिपीले गर्नुभएको ओलीले बताउनुभयो । बिपी कोइरालाको दुःख र संघर्ष अहिलेको पुस्ताले कल्पना गर्न नसक्ने खालको भएको उहाँले प्रष्ट पार्नुभयो । आजका मानिसहरूलाई हिजोको संघर्षको कथा सुन्दा कथा जस्तो लाग्ने ओलीले बताउनुभयो । ‘धेरै भोगाइबाट आज यो अवस्था आएको छ, सम्झाउनको लागि हाम्रा अग्रजहरूले जे बलिदान दिनुभएको छ, त्यो बुझाउनु पर्छ’, उहाँले भन्नुभयो ।

नयाँ पिँढीले हिजोका धेरै कुरा थाहा नपाएकोले उनीहरूलाई सम्झाउनु पर्ने ओलीले बताउनुभयो । ‘आज हाम्रो काँधमा नयाँ पिँढीलाई सम्झाउन अभिभारा छ’, उहाँले भन्नुभयो । राष्ट्रिय एकता वा अन्य विषयमा बिपी कोइरालाका अत्यन्त तर्कयुक्त विचार भएका ओलीले बताउनुभयो । १५ वर्षमा प्रधानमन्त्रीले जे खान्छ, जस्तो लगाउँछ हरेक नेपाली जनतालाई त्यही खुवाउने र त्यही लगाउने अवस्थामा पुर्‍याउने लक्ष बिपी कोइरालाको भएको उहाँले टिप्पणी गर्नुभयो । ‘विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो’, ओलीले भन्नुभयो ।

हिजोको पुस्ताले माटामुनि हुन तयार भएर पनि राजनीतिमा लागिरहनु चानचुने कुरा नभएको ओलीले बताउनुभयो । अन्य व्यक्तिलाई माटामुनि पारिरहँदा पनि त्यहाँ माथि टेकेर हिजोको पुस्ता राजनीतिमा लागेको उहाँले सुनाउनुभयो ।
बिपी कोइरालाले भिन्न विचार राख्न पाइने कुराको वकालत गर्नुभएको ओलीले बताउनुभयो । हिजोको पुस्ता सुन्दर भविष्यको परिकल्पना गरेर ज्यान परवाह नगरी राजनीतिमा होमिएको उहाँले प्रष्ट पार्नुभयो । परिवर्तन सम्भव छ भन्ने दृष्टिकोण राख्ने मानिसहरू मात्र यसरी लाग्न सक्ने ओलीको धारणा छ ।

बिपी कोइराला सत्य बोलेबापत त्यसको मूल्य चुकाउन तयार हुनुभएको ओलीले बताउनुभयो । सत्यको मार्ग अवलम्बन गर्नु सजिलो छैन भन्ने निष्कर्ष बिपीले निकाल्नु भएको र असाधारण मूल्य चुकाएर सत्यको मार्ग हिँड्नु भएको ओलीको भनाइ छ ।
बिपीलाई विभिन्न मुद्दामा फसाउन खोजिएको भए पनि प्रमाण पुर्‍याउन नसेकेको कारण छोडिएको उहाँले स्मरण गराउनुभयो । त्यति बेला कम्तीमा राज्यले झुटा मुद्दामा नफाउने नैतिकता देखाएको ओलीले बताउनुभयो । आफूहरूको पालामा आइपुग्दा भने सरकारले नै जाली मुद्दामा फसाउने गरेको उहाँले सुनाउनुभयो । आफ्नो पुस्ताको नेताहरूको विरुद्ध पञ्चायतले अनेक खालका झुटा मुद्दा लगाएर जेलमा राखेको ओलीले बताउनुभयो ।

बिपीका साहित्य आमरुपमा मनोवैज्ञानिक भएका र ती साहित्यमा मनोविज्ञानका विभिन्न पाटा भएका बताउनुभयो । उहाँको साहित्यमा मतभेद भए पनि हरेकका लागि प्रिय भएका ओलीको धारणा छ । ओलीले समग्र नेपालको लागि अग्रज नेताहरूको योगदान प्रशंसनीय भएको ओलीले बताउनुभयो । त्यसैले आफ्नो लागि यो मेरो नेता, यो अर्काको नेता भन्ने नभएको ओलीले स्पष्ट पार्नुभयो ।

समाज परिवर्तनको लागि कोइरालाको राजनीतिक विचार र दर्शनले ठुलो योगदान गरेको उहाँले बताउनुभयो । त्यो कुरालाई कुनै कुरासँग दाँज्न नसकिने उहाँको धारणा छ । बिपीको युग नयाँ चिन्तनको युग भएकोले पनि उहाँलाई चिन्तनको वातावरण बनेको ओलीले प्रष्ट पार्नुभयो ।

बिपी अन्धविश्वासी नभएर वैज्ञानिक मानिस भएको ओलीको धारणा छ । बिपीले तथ्य आधारित प्रमाणका आधारमा बोल्ने गरेको ओलीले बताउनुभयो । बिपी क्रान्तिकारी विचार भएका नेता भएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ३ : ०६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै