२०८३, ३० आश्विन शनिबार

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने : नव नियुक्त गृहमन्त्री लेखकको पहिलो निर्णय

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने : नव नियुक्त गृहमन्त्री लेखकको पहिलो निर्णय


काठमाडौं । नव नियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोसँग दुई बस यात्रुसहित त्रिशूली नदीमा खसेका थिए । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

रमेश लेखक नेपाली कांग्रेसका बौद्धिक र प्रभावशाली नेताको रुपमा परिचित छन् । उनी नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा उनी सांसद निर्वाचित भएका छन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी कञ्चनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले ३० हजार ५२३ मत पाउँदा एमालेका निरुदेवी पालले १८ हजार ४४८ मत मात्र पाएकी थिइन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ०८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा