२०८३, २९ आश्विन शुक्रबार

एमाले केन्द्रीय सदस्य पहाडीले गरे सम्पर्क मञ्चको प्रशंसा

एमाले केन्द्रीय सदस्य पहाडीले गरे सम्पर्क मञ्चको प्रशंसा


काठमाडौं: नेकपा एमाले दुधौली काठमाडौ नगर सम्पर्क मञ्चको चौथो सम्मेलन आज राजधानी काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले एक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथिका रुपमा बोल्दै पहाडीले आउँदो निर्वाचनलाई केन्द्रीत गरेर राजनैतिक तथा बैचारिक गतिविधी अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सम्पर्क मञ्च गाउँ र शहर जोड्ने महत्वपूर्ण संगठन भएको बताउँदै जिल्लाबाट काठमाडौं आएर छरिएर बसेका सम्पूर्ण नागरिकहरुलाई एकै ठाउँमा ल्याउन सुझाव दिनुभयो ।
नेता पहाडीले जिल्लाका नागरिकहरुलाई आइ परेको समस्या समाधानमा सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरुले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो ।


सम्मेलनले भोजराज पहाडीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी, सुवास देवकोटा, उमा कोइराला, निरु दर्लामी, बागमती प्रदेश कमिटी सदस्य शन्तिमान कार्की, सिन्धुली अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिपेश बराल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, ३० असार शनिबार  ९ : १२ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा