२०८३, १४ कार्तिक शनिबार

एमाले केन्द्रीय सदस्य पहाडीले गरे सम्पर्क मञ्चको प्रशंसा

एमाले केन्द्रीय सदस्य पहाडीले गरे सम्पर्क मञ्चको प्रशंसा


काठमाडौं: नेकपा एमाले दुधौली काठमाडौ नगर सम्पर्क मञ्चको चौथो सम्मेलन आज राजधानी काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले एक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथिका रुपमा बोल्दै पहाडीले आउँदो निर्वाचनलाई केन्द्रीत गरेर राजनैतिक तथा बैचारिक गतिविधी अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सम्पर्क मञ्च गाउँ र शहर जोड्ने महत्वपूर्ण संगठन भएको बताउँदै जिल्लाबाट काठमाडौं आएर छरिएर बसेका सम्पूर्ण नागरिकहरुलाई एकै ठाउँमा ल्याउन सुझाव दिनुभयो ।
नेता पहाडीले जिल्लाका नागरिकहरुलाई आइ परेको समस्या समाधानमा सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरुले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो ।


सम्मेलनले भोजराज पहाडीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी, सुवास देवकोटा, उमा कोइराला, निरु दर्लामी, बागमती प्रदेश कमिटी सदस्य शन्तिमान कार्की, सिन्धुली अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिपेश बराल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, ३० असार शनिबार  ९ : १२ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक