२०८३, ३१ भाद्र बिहीबार

कांग्रेस-एमालेबीच मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’ तयार, एकै साथ सपथग्रहणको तयारी

कांग्रेस-एमालेबीच मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’ तयार, एकै साथ सपथग्रहणको तयारी


काठमाडौं: आइतवार साँझसम्म नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटी टुंग्याएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ ।

प्रधानमन्त्री नियुक्तिपछि केपी शर्मा ओलीले भोलि साँझ सपथग्रहण गरेसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गृहकार्य छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ । शेरबहादुर देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ- आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेका छन् ।

मन्त्रालयका सामर्थ्य र प्रभावका आधारमा दुई दुई वटाको बास्केट बनाएर त्यसबाट एक एक छान्ने मोडालिटी बनाइएको छ । उदाहरणका लागि गृह मन्त्रालय कांग्रेसले पाए अर्थ मन्त्रालय एमालेको भागमा पर्नेछ । २० वटा मन्त्रालयलाई प्रभाव,सामर्थ्थ र स्रोत साधनका आधारमा दुई दुई वटामा विभाजित गरेर एक एक बाँड्ने तयारी छ ।

कांग्रेस स्रोतका अनुसार गृह र अर्थ,परराष्ट्र र सन्चार,उर्जा र भौतिक पुर्वाधार,सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ । त्यसो  गर्दा परराष्ट्र पाउनेले सन्चार छाड्नेछ भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ ।

त्यस्तै स्वाथ्य र शिक्षा,उद्योग र कृषि,सामान्य प्रशासन र कानून, वन र भूमिसुधार,महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक एक मन्त्रालय बाँड्ने मोडालिटीमा छलफल भइरहेको छ । यद्यपी केही मन्त्रालयको वर्गिकरण एक अर्कोमा फेरिने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

मन्त्रालय बाँडफाँट टुंगिएपछि सम्बन्धित पार्टीहरुले आ- आफ्ना मन्त्री टुंगो लगाउने र सकेसम्म प्रधानमन्त्रीसँगै मन्त्रिपरिषदलाई समेत पुर्णता दिएर सरकारलाई एकैपटक ‘फूल गियर’मा कुदाउने रणनीति रहेको ती नेताले बताए ।

प्रकाशित मिति : २०८१, ३० असार शनिबार  ३ : ३२ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण