२०८२, २० असार शुक्रबार

एमाले महासचिव पोखरेलले भन्नुभयोः आउँदो निर्वाचनमा कुनै पनि दलसँग सहकार्य हुँदैन

एमाले महासचिव पोखरेलले भन्नुभयोः आउँदो निर्वाचनमा कुनै पनि दलसँग सहकार्य हुँदैन


काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई आउँदो निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनेगरी काम गर्न सुझाब दिनुभएको छ ।
पार्टी मुख्यालय च्यासलमा एमाले सिन्धुलीका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिने क्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भोलीबाट राष्ट्रिय सरकार बन्ने बताउँदै आउँदो निर्वाचनमा भने कुनै पनि दलसँग सहकार्य नहुने प्रष्ट पार्नुभएको छ ।
सरकार सञ्चालनका क्रममा नेपाली कांग्रेससँग सहकार्य भएपनि २०८४ को निर्वाचनमा एमाले एक्लै निर्वाचन प्रक्रियामा जाने बताउनुभएको छ । उहाँले भन्नुभयोः पार्टीलाई बलियो र एकतावद्ध ढंगले अगाढि बढाउँदै सिन्धुलीमा एमाले प्रतिको आकर्षण अझ बढाउन सुझाब दिनुभएको छ ।
एकता प्रक्रियापछि सिन्धुलीमा पार्टी बलियो बन्दै गएको बताउँदै महासचिव पोखरेलले जिल्ला अधिवेशनको भावलाई बिर्सेर एक नम्बरको पार्टी निर्माणमा लाग्न सुझाब दिनुभयो । जित्नेले पार्टी सञ्चालन गर्ने र हार्नेले सघाउँदै सामूहिकताबाट पार्टी सञ्चालन गर्न र आउँदो निर्वाचनमा बहुमत ल्याउनेगरी अगाडि बढ्न नेताहरुलाई सुझाब दिनुभयो ।

नेता पोखरेलले एमाले र कांग्रेसका बीचमा एक्ला एक्लै निर्वाचनमा जाने सहमति भएको स्मरण गराउँदै पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र राजनैतिक तथा सांगठानिक गतिविधी अगाडि बढाउन सुझाउनु थियो । भेटमा एमाले सिन्धुलीका पदाधिकारी तथा जिल्लाबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य एवम् नेताहरु संलग्न हुनुहुन्थ्यो ।

फोटोः महासचिवको सचिवालय

प्रकाशित मिति : २०८१, २८ असार बिहीबार  ९ : ४२ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको