२०८३, २५ आश्विन सोमबार

एमाले महासचिव पोखरेलले भन्नुभयोः आउँदो निर्वाचनमा कुनै पनि दलसँग सहकार्य हुँदैन

एमाले महासचिव पोखरेलले भन्नुभयोः आउँदो निर्वाचनमा कुनै पनि दलसँग सहकार्य हुँदैन


काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई आउँदो निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनेगरी काम गर्न सुझाब दिनुभएको छ ।
पार्टी मुख्यालय च्यासलमा एमाले सिन्धुलीका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिने क्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भोलीबाट राष्ट्रिय सरकार बन्ने बताउँदै आउँदो निर्वाचनमा भने कुनै पनि दलसँग सहकार्य नहुने प्रष्ट पार्नुभएको छ ।
सरकार सञ्चालनका क्रममा नेपाली कांग्रेससँग सहकार्य भएपनि २०८४ को निर्वाचनमा एमाले एक्लै निर्वाचन प्रक्रियामा जाने बताउनुभएको छ । उहाँले भन्नुभयोः पार्टीलाई बलियो र एकतावद्ध ढंगले अगाढि बढाउँदै सिन्धुलीमा एमाले प्रतिको आकर्षण अझ बढाउन सुझाब दिनुभएको छ ।
एकता प्रक्रियापछि सिन्धुलीमा पार्टी बलियो बन्दै गएको बताउँदै महासचिव पोखरेलले जिल्ला अधिवेशनको भावलाई बिर्सेर एक नम्बरको पार्टी निर्माणमा लाग्न सुझाब दिनुभयो । जित्नेले पार्टी सञ्चालन गर्ने र हार्नेले सघाउँदै सामूहिकताबाट पार्टी सञ्चालन गर्न र आउँदो निर्वाचनमा बहुमत ल्याउनेगरी अगाडि बढ्न नेताहरुलाई सुझाब दिनुभयो ।

नेता पोखरेलले एमाले र कांग्रेसका बीचमा एक्ला एक्लै निर्वाचनमा जाने सहमति भएको स्मरण गराउँदै पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र राजनैतिक तथा सांगठानिक गतिविधी अगाडि बढाउन सुझाउनु थियो । भेटमा एमाले सिन्धुलीका पदाधिकारी तथा जिल्लाबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य एवम् नेताहरु संलग्न हुनुहुन्थ्यो ।

फोटोः महासचिवको सचिवालय

प्रकाशित मिति : २०८१, २८ असार बिहीबार  ९ : ४२ बजे

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,