२०८३, २६ असार शनिबार

एडिविको आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको विद्यालय भवन अलपत्र, शिक्षा मन्त्रालय बन्यो रमिते !

एडिविको आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको विद्यालय भवन अलपत्र, शिक्षा मन्त्रालय बन्यो रमिते !


एशियाली विकास बैंक एडिविकोे आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको गौमती माध्यमिक विद्यालयको भवन अलपत्र परेको छ र नियामक निकाय शिक्षा मन्त्रालय यतिबेला रमिते बनिरहेको छ ।

भवन मात्रै होइन आयोजना वारे सर्वसाधारणका लागि जानकारी दिन राखिएको सूचना पाटीले उक्त विद्यालय भवन निर्माणको अबस्था र ठेकेदारले गरेको लापरबाहीको तथ्य झल्काउँदछ । किनकी विद्यालय प्रवेशद्धारमै रहेको सूचनापाटी च्यातिएको र भुईमा ढलेको बसेको झण्डै ५ महिना पुगेको छ ।
तीन वर्ष अगाडि निर्माण कार्य थालिएको विद्यालय भवन अहिले अलपत्र बनेपछि त्यसको चौतर्फी आलोचना हुन थालेको छ । विद्यालय भवन निर्माणका लागि १३ करोड ३४ लाख १२ हजार ३ सय ८९ रुपैयाँ रकम बिनियोजन गरिएपनि तोकिएको समयभित्र भवनको निर्माण कार्य पुरा नहुँदा विद्यार्थीको पठन पाठनमा समस्या आउन थालेको विद्यालय प्रशासनले जनाएको छ ।


उमार मुन्सी एशोसिएट््सले ४ सय ५० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने भन्दै शिक्षा मन्त्रालयले डिआरएसपी कार्यक्रम अन्र्तगत एडिविको सहयोगमा उक्त विद्यालय भवन २०८० को चैत्र मसान्तभित्र बुझाइसक्नुपर्ने गरी संझौता गरेको थियो तर उनीहरुले कामनैं गर्न छोडेपछि अहिले विद्यालयको पठन पाठनसमेत प्रभावित बन्ने अबस्थामा पुगेको विद्यालयका प्रधानाध्यापक दीपक बुढाथोकीले बताउनुभयो ।
विद्यालय भवन निर्माणको काम रोकिएको छ र ठेकेदार मान्छेहरुले फोनसमेत नउठाई बसिरहेकाछन्, प्रधानाध्यापक बुढाथोकीले खबरघरसँगको कुराकानीमा भन्नुभयो ।
विद्यलायको भौतिक निर्माणको अबस्थावारे रिपोर्टिङ गर्ने क्रममा पुगेको खबरकर्मीले भवनको रङरोगन, फर्निचर, धारा, बिजुली, ट्वाइलेट अत्याबश्यक कामहरु पुरा नभएको फेला पारेको हो । नयाँ भवन बनाएपछि वालवालिकामैत्री पठन पाठन गराउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिको योजना शिक्षा मन्त्रालय र दातृ निकाय एशियाली विकास बैंकका अधिकारीले निगरानी र प्रत्यक्ष अनुगमन नगर्दा समस्या सिर्जना भएको देखिएको हो ।


सिन्धुलीको कमलामाई नगरपालिकाको नमुना विद्यालयका रुपमा चिनिएको उक्त विद्यालयमा जिल्लाकै सबैभन्दा बढी विद्यार्थीहरु अध्ययनरतछन् । ठेकेदारको लापरवाहीका कारणले अहिले गौमती माविमा विद्यार्थीको पठन पाठनमा समस्या सिर्जना भएको र संझौता अनुसारको काम नगरेर ठेकेदार कम्पनीले बद्मासी गरेको तथ्य खुलेको हो ।
विद्यालय भवन तोकिएकै समयमा पुरा गराउनका लागि हामीले पटक पटक ताकेता ग¥यौं, पहिला पहिला त हामी छिट्टै काम सक्छौं भनिरहन्थे तर अहिले त कामनैं छोडेर ठेकेदार पक्ष फरार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण घिसिङले बताउनुभयो ।
वर्षातको समय भएकाले हामीले विद्यार्थीहरुलाई पठन पाठन गराउन कठिन भएको छ, हामी चाहान्छौं ठेकेदार पक्षले तत्कालै बाँकी कमहरु सम्पन्न गरोस् र विद्यार्थीको पठन पाठन कार्यमा कुनै पनि किसिमको अबरोध नहोस्, अध्यक्ष घिसिङले भन्नुभयो ।

प्रकाशित मिति : २०८१, २३ असार शनिबार  १२ : ०२ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा