२०८३, २३ आश्विन शनिबार

प्रधानमन्त्रीलेनै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली

प्रधानमन्त्रीलेनै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली


नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको दाबी गरेको छ । हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं ।

तर, यस बीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालबाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामू केही प्रश्न खडा भयो । कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो भन्दै पहल गर्नुभयो । त्यसको औचित्य र आवश्यकता के हो ?

गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वभाविक हो । तर, यसपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।

कांग्रेसले हामीसँग राजनीतक स्थायित्वका निम्ति फरकिलो सोचौं र तपाईंहरुले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्यो । विदेशमा उहाँहरु जानुभएको छ । भ्रमण उहाँहरुले नै गर्नुभएको छ । आफ्नो थैलिको मुख बलियो गरी बाँध्न पर्छ अरुलाई दोष लगाउन उचित हुँदैन ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  ९ : २५ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि