२०८३, २९ आश्विन शुक्रबार

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान


काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छमेरम प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार प्रतीकलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिनुभयो । अदालतको सो आदेशपछि प्रतीकलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । प्रतीक भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए । उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका बेचन झालाई पनि शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ । उनलाई शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  ९ : १६ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’