२०८२, ३० भाद्र सोमबार

केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : एमाले महासचिव पोखरेल

केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : एमाले महासचिव पोखरेल


काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सहमति बनेको प्रष्ट पार्नुभएको छ । महासचिव पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत राजनीतिक स्थायित्व र मुलुकमा रहेका गतिरोध अन्त्यका लागि दुई ठूला दलबीच सत्ता साझेदारीको सहमति भएको जानकारी गराउनु भएको हो ।

‘राजनीतिक स्थायित्वका लागि संबिधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानूनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

कांग्रेस र एमालेबीच मंगलवार बिहान १२ः ५६ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनसहितको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । यस्तै संसद्को बाँकी कार्यकाल दुई ठूला दलले आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने, सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको हो ।

एक सातादेखि चलेको छलफललाई शनिबारदेखि शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि मंगलवार बिहान १२ः५६ बजे दुई दलबीच नयाँ गठबन्धन बनाउने सहमति जुटेको हो । दुई दलबीच मन्त्रालय बाँडफाँटदेखि प्रदेश सरकारको बिषयमा समेत सहमति भएको छ । यस्तै संविधान संशोधन गर्दै निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा समेत सहमति भएको छ ।सहमतिअनुसार तीन तीन वटा प्रदेशमा सरकारको नेतृत्व दुई दलले गर्नेछन भने मधेस प्रदेशमा मधेस केन्द्रित दललाई नेतृत्व दिइने छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले सुदुरपश्चिम, गण्डकी र बागमतीको नेतृत्व लिनेछ ।

सहमति पत्र सार्वजनिक भइनसके पनि दुई दलबीच संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने, प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्ने, संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ ।

शनिबार बालकोट बैठकमा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गर्नुभएको थियो । त्यसयताका दुई दिनमा कांग्रेस र एमाले नयाँ सत्तागठबन्धन गर्न र ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । सहमतिअनुसार ओलीको नेतृत्वमा बन्ने सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने छ ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  १० : ३२ बजे

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत