२०८२, १६ फाल्गुन शनिबार

कानुन विपरितका कार्यमा नलाग्न आग्रह

कानुन विपरितका कार्यमा नलाग्न आग्रह


बिरगञ्ज: कालिकामाई गाउपालिका वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार लगायत सबै पक्षलाई कानुन विपरित कार्यमा नलाग्न आग्रह गरेका छन । सर्वोच्चको आदेश अनुसार असार १ गते स्थानिय प्रशासनले कालिकामाई गांउपालिका २ गदियानी स्थित सार्वजनिक पोखरी अतिक्रमण मुक्त गराएको विषयलाई गलतरुपमा प्रस्तुत गरि अध्यक्षले विज्ञप्ती प्रकाशीत गरि अतिक्रमणलाई प्रोत्साहन गरेको चौरसियाले जनाएका छन ।
पोखरीको अतिक्रमण हटाउन स्थानिय वासीन्दाले चन्दा संकलनगरि जिल्ला देखी सर्वोच्च आदालत सम्म १७ वर्ष सम्म मुद्दा लडेका छन । सर्वोच्चले २०७६ असार १८ गते मुद्दाको अन्तिम टुंगो लगाउदै अतिक्रणगरि बनाइएको संरचना हटाई साबिक अवस्थामा पोखरी कायम गर्ने निणर्य गर्यो । प्रतिवादी स्थानिय छठु तेलीले परिवारको सदस्यहरुको नाममा ब्रिलियण्ट युवा कल्ब नामक संस्था दर्ता गराई आफ्नो घर कै छेउमा रहेको पोखरी पुरी पक्की घर बनाएको र सो घर ब्यक्तिगत प्रयोजनमा प्रयोग हुदै आएको चौरसियाले विज्ञप्ती मार्फत जनाएका छन ।
सर्वोच्चको आदेश कार्यन्यवन गराउन जाहेरवाला स्थानिय रामानन्द प्रसाद कुशवाहा र राजुल सहनीले छठु साह लगायतका अतिक्रमण गर्ने प्रतिवादी उपर चलन चलाउ मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरेका थिए । जिल्ला आदालतले बैसाख २५ गते फैसला कार्यन्यवनको लागि जिल्ला प्रशासन कार्यालय पर्सा र कालिकामाई गांपालिका कार्यलयलाई पत्राचार गरेको थियो । चलन चलाउको मद्दा परेपछि सर्वोच्चको फैसला विपरित गापा अध्यक्षले जिल्ला आदालतलाई पत्र लेख्दै सो भवन नभत्काउन आग्रह गर्दै त्यसमा पशु कार्यालय संचालन गर्ने बताएका थिए । तर आदालतले सो पत्रलाई मंजुरी दिएन । यता जिल्ला प्रशासनले गापा अध्यक्षलाई बोलाएर सो घर भत्काउन समन्वय गर्दा उनले उल्टै रातारात घरमा अतिक्रमणकारी बाटै पशु कार्यालयको बोर्ड झुण्डयाउन लगाएका थिए ।
अतिक्रमण हटाउन पुगेका प्रहरी टोलीले गापा अध्यक्षलाई फोन गरेर बोलाएको थियो, तर अध्यक्ष अतिक्रमणको पक्षमा लागेको कारण स्थानिय आक्रोषित रहेकोले उनि मोबाईल आफगरि बसेका थिए । यता अतिक्रमणकारी पक्षले प्रहरी टोली र जेसीबी मैशिन माथी ढुंगामुढा सुरु गरेका थिए । प्रतिवादी छठु साह र उनका आफ्न्तहरुले प्रहरी टोली माथी जाई लाग्दा प्रहरीले बल समेत प्रयोग गरेको थियो र छठु साहलाई दिनभरी हिरासतमा राखेको घटना विवरण चौरसियाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
पोखरी अतिक्रमण मुक्त भएपछि प्रतिवादीहरु विभिन्न जालझेल रचदै आएको र गाउपालिका अधयक्ष बशिष्ट कुमारले असार ३ गते त्यार पारेको विज्ञप्ती ५ गते प्रकाशीत गरि अतिक्रमणकारी लाई बचाउ गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गापा अध्यक्षको विज्ञप्ती मुलुकको संविधान, प्रचलीत कानुन, विधिको शासन , पदिय मर्यादा र जनभावनाको वरखिलाप रहेको चौरसियाले जनाएका छन् । प्रतिवादीहरु विभ्न्नि संचारकर्मीलाई भ्रममा राखेर अनर्गल किसिमको प्रचार गराई रहेका छन् । कानुन र विधी संम्वत कार्यलाई प्रोत्साहन गर्दै सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गरिदिन चौरसियाले संचार जगतलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१, ६ असार बुधबार  १० : ०२ बजे

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा