२०८३, २८ आश्विन बिहीबार

एमाले काभ्रेको जिल्ला अधिबेशन जेठ २८ गते हुने

एमाले काभ्रेको जिल्ला अधिबेशन जेठ २८ गते हुने


धुलिखेल/ नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको भब्य तयारी गरिएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो ।

नगर स्तरीय भेलामा नगरका सम्पूर्ण प्रदेश, जिल्ला एवं नगर तथा वडा कमिटी, जनवर्गिय संघ संगठनका पदाधिकारी, सदस्यहरु, पार्टीका वर्तमान तथा पुर्व जनप्रतिनिधीहरु, सल्लाहकार परिषद्का पदाधिकारी तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरिएको एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतले जानकारी दिए । 

महतले जिल्ला अधिबेशन सम्पन्न गर्ने दायित्व पाएको धुलिखेलले १० औ जिल्ला अधिबेशनको भब्य र सभ्यतालाई ११ औ अधिबेशन पनि सोहि अनुसार सम्पन्न गर्न आवश्यक तयारी तथा जिम्मेवारीका लागि भेला आयोजना गरिएको बताए ।

भेलाले १२ वटै वडा र मातहतका कमिटी तथा नेताहरुलाई जिम्मेवारी बाँडफाँड समेत गरेको छ । धुलिखेलमा ११ औ अधिबेशन अधिबेशनको उद्घाटन बेचिङ प्लान्ट धुलिखेलमा आयोजना हुने छ । पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । साथमा पार्टीका स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रिय सदस्यहरु लगायतले सम्बोधन गर्नेछन् । २९ गते धुलिखेल नगरपालिकाको सभा हलमा बन्द सत्र आयोजना हुनेछ । जसमा ७ सय ५० भन्दा धेरै प्रतिनिधीहरु सहभागि हुनेछन् ।

पार्टीको सांगठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनमा छलफल पछि नेतृत्व चयन प्रकृया शुरु हुनछ । अघिल्लो अधिबेशनमा जस्तै यो अधिबेशनमा पनि नेकपा एमालेले हाईटेक शैली मार्फत नेतृत्व चयनको सहज प्रकृया आरम्भ गर्ने जिल्ला सचिव राजन भुर्तेलले जानकारी गराए । अधिबेशनमा सहभागि हुने प्रतिनिधिहरुको चयन प्रकृया सकिएको छ । केहि प्रतिनिधी मनोनित हुनेछन् ।

जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल लगायतले अधिबेशनका तयारीका बारेमा धारणा राखेका थिए । अधिबेशनले नेतृत्व चयनसँगै जिल्लाको विकास निर्माण र समृद्धीको योजना समेत निर्माण गर्नेछ ।

जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेले जानकारी दिएको छ । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल गरेको छ । 

प्रकाशित मिति : २०८१, २४ जेष्ठ बिहीबार  १२ : ५० बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा