२०८२, २९ असार आईतबार

 नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखायो: नेकपा अध्यक्ष ओली

 नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखायो: नेकपा अध्यक्ष ओली


काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको बताउनुभएको छ ।

शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो ।

‘भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, मबसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो ।

ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ।

कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो । ‘सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो ।

प्रकाशित मिति : २०८१, ४ जेष्ठ शुक्रबार  ९ : ३२ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म