२०८३, ११ कार्तिक बुधबार

मुलुकलाई सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले तीनै तहको निर्वाचन जित्नु पर्छः उपाध्यक्ष लामा

मुलुकलाई सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले तीनै तहको निर्वाचन जित्नु पर्छः उपाध्यक्ष लामा


सिन्धुली: नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष दाबा दोर्जे लामाले राष्ट्रि«य एकता कायम राख्न र मुलुकलाई विकास र सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले आगामी दिनमा तीनै तहको निर्वाचन जित्न जरुरी रहेको बताउनु भएको छ ।
बिहिवार सिन्धुलीमा आउनुभएका उपाध्यक्ष लामाले एमालेका निर्वाचित नयाँ पदाधिकारीहरुलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले आउँदो ८४ मा सिन्धुलीका नौं वटै पालिकामा एमालेलाई विजयी गराउन नयाँ नेतृत्व लाग्न निर्देशन दिनुभयो । मिसन ८४ मा सिन्धुलीका तीनै तहमा पार्टीलाई विजयी गराए मात्रै नयाँ नेतृत्वले सार्थकता पाउने बताउँदै पूर्वमन्त्रीसमेत रहनु भएका लामाले आन्तरिक एकतालाई सुदृढ बनाएर बलियो र एकतावद्ध पार्टी निर्माण गरेर अगाडि बढ्न जिल्ला नेतृत्वलाई सुझाब दिनुभयो ।
अहिले स्थानीय तहका लागि योजना निर्माण गर्ने बेला भएकाले पार्टी नेतृत्वका विकास निर्माणका एजेण्डाहरु छनोट गरेर लैजान पनि सुझाउनुभयो । सो अबसरमा एमालेका बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल, प्रल्हाद पोखरेल, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ र उपसचिव दिपेश बराल हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१, २७ बैशाख बिहीबार  ११ : ५५ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३