२०८२, १५ माघ बिहीबार

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का


काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौं पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ । बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो ।

बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ । प्रहरील थप अनुसन्धान गरिरहेको छ । रुख धनी शेरबहादुर तामाङले करिब तीन महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख तीन करोड रुपैयाँमा ठेक्कामा लगाइएको जानकारी दिए ।

‘हामीले यस पटक वार्षिक तीन करोड पाउने गरी ठेक्का लगाएका थियौँ ‘ शेरबहादुरले सुनाए । गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको पनि उनले बताएका छन् । तामाङका अनुसार उनका चार जना दाजुभाइमध्ये तीन जना काठमाडौंमा बस्छन् । ‘दाजु–भाउजु, बुहारी र दिदी अनि बच्चाबच्चीमात्र गाउँको घरमा हुनुहुन्थ्यो । राति हतियार देखाएर रुख काटेछन् । प्रतिकार पनि गर्न सक्ने अवस्था भएन । हामीलाई राति २ बजे रुख काटियो भनेर खबर आएको थियो’, शेरबहादुरले भने ।

प्रकाशित मिति : २०८०, ३० चैत्र शुक्रबार  ११ : ५७ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला