२०८३, ११ बैशाख शनिबार

कांग्रेसको चेतावनी : अर्को वैठकमा गृहमन्त्रीबारे छानविन समिति नबने सदन चल्न सक्दैन

कांग्रेसको चेतावनी : अर्को वैठकमा गृहमन्त्रीबारे छानविन समिति नबने सदन चल्न सक्दैन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन् ।

आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे । 

शर्माले भने, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टी भित्र एउटा कोर टिम रहेछ । जो सहकारीको रकम ठगीमा संलग्न छ । अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ ।’

देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरि फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गरे ।

उनले भने, ‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन् । आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौं ।’सरकार बलजफ्ती गरेर आए सदन चल्न नदिने शर्माको चेतावनी दिए ।

प्रकाशित मिति : २०८०, २१ चैत्र बुधबार  १२ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले