२०८३, ३१ भाद्र बिहीबार

अबको कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन्छ : महासचिव पोखरेल

अबको कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन्छ : महासचिव पोखरेल


सुर्खेत । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस पटक कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् । एमालेको सुर्खेत जिल्ला कमिटीको नवौँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यस पटक एमालेले पाउने बताएका हुन् ।

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठिक नभएको पनि उनले बताएका छन् । ‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौँ भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नु पर्छ, उनले भने, ‘हामीले धेरै पटक नेतृत्व गर्‍यौँ कमरेड, अब एक पटक तपाईहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौँ ।’

एमालेले मधेश र कर्णाली बाहेक बाँकी पाँच प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताएका छन् । ‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनु भएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनु पर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्विकार्नुप र्छ । स्वागत गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ६ : ३६ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण