२०८३, ६ बैशाख सोमबार

सुनसरीकोमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

सुनसरीकोमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला


सुनसरी । सुनसरीको धरानमा घाँटी रेटिएको अवस्थामा एक जना किशोरीको शव फेला परेको छ । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो ।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ । मृतक किशोरीको पहिचान खुलिसकेको छैन । धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ ।

‘आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।’ मृत भेटिएको किशोरीको पहिचान खुल्न सकेको छैन । तालिम प्राप्त कुकुरको सहायोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ९ : २३ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव