२०८३, ६ बैशाख सोमबार

माओवादी केन्द्रका उपाध्यक्ष महराको आजदेखि बयान

माओवादी केन्द्रका उपाध्यक्ष महराको आजदेखि बयान


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग आजदेखि बयान लिइने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो ।

सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको हो । महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर बुधबारदेखि अनुसन्धान अगाडि बढाइने सीआईबीका एक अधिकारीले जानकारी दिएका छन् । ‘यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ, त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ’, उनले भने ।

सीआईबीले अदालतमा महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरिसककेको छ । सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले चार दिनको म्याद दिएको छ । सीआईबीले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो । तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ । अदालतको निर्देशनपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  १० : ३७ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव