२०८३, २० आश्विन बुधबार

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण : सहकारी प्रकरणमा गृहमन्त्री रविको कुनै संलग्नता छैन

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण : सहकारी प्रकरणमा गृहमन्त्री रविको कुनै संलग्नता छैन


काठमाडौं । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । सरकार निकाय तथा प्रहरीसँग आफूले लिएको ब्रिफिङमा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नदेखिएको भन्दै उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे ।
‘देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् ।

विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए ।

प्रकाशित मिति : २०८०, ६ चैत्र मंगलबार  १ : ४६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय