२०८३, २२ भाद्र मंगलबार

गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु

गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु


काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएपनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

मृत्यु हुनेमा १६ जनामध्ये तीन जनाको ठेगाना खुलेको छैन । परराष्ट्र मन्त्रालयलको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार दाङका जितबहादुर पुनमगर, तेह्रथुमका टीकाबहादुर रानामगर, प्युठानका सोमेश सुनार, बाँकेका चन्द्रप्रकाश बीसी, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, धनुषाका विमलकुमार गजमेर, मकवानपुरका विजयबहादुर थोकर, मोरङका गयानन्द साह, विकास राई, घनश्याम शाही, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसीको मृत्यु भएको रुसको विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासलाई विवरण बुझाएको छ ।

मृत्यु हुने अन्यमा अभिषेक बुढा, क्षितिज बस्नेत, जितबहादुर घिसिङ छन् । पत्रमा उनीहरुको ठेगाना नखुलेको पौडेलले बताए । रुसी सेनामा गएर सम्पर्कमा नआएका भनेर पाँच सयभन्दा बढी परिवारले खोजिदिन आग्रह गर्दै आवेदन दिएको पौडेलले जानकारी दिए ।

‘रुसी सेनामा भर्ती भएका अन्य नेपालीको जानकारी लिन काम मस्कोस्थित नेपाली दूतावासमार्फत भइरहेको छ । त्यहाँ रहेका नेपालीको अवस्था,कति भर्ती भएका छन्, कति हताहत भएका छन् र कति घाइते छन् भनेर तथ्यांक लिने काम भइरहेको छ,’ उनले भने । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै २० जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

सअघि ज्यान गुमाउने २० नेपाली
स्याङ्जाका हरिप्रसाद अर्याल
कैलालीका भरतबहादुर शाह
धादिङका राजकुमार गिरी
गोरखाका सन्दीप थपलिया
कपिलवस्तुका रुपक कार्की
कास्कीका दिवान राई
स्याङ्जाका प्रितम कार्की
दोलखाका राजकुमार रोका
इलामको गंगाराज मोक्तान
कुन्दन सिंह नागल
प्युठानका सोनु सुनार
कपिलवस्तुका रुपक कार्की
लमजुङका साजन गुरुङ
रसुवाका सुन्दर मोक्तान
धादिङका पूर्णबहादुर गुरुङ
जाजरकोटका नवीन शाही
उदयपुरका पदमबहादुर घिमिरे
झापाका गंगाराम अधिकारी
बागलुङका जीतबहादुर विक
बाँकेका सञ्जय केसी

प्रकाशित मिति : २०८०, ६ चैत्र मंगलबार  १२ : २२ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको