२०८३, ३१ भाद्र बिहीबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा चुलियो बिवाद

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा चुलियो बिवाद

अध्यक्ष रञ्जिताद्धारा पक्ष र संस्थापक सदस्यद्धारा विपक्षमा मतदान गर्न निर्देशन


धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा दुई धार देखिएको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८०, २९ फाल्गुन मंगलबार  १० : ०२ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण