२०८३, ६ बैशाख सोमबार

किशोरी हत्यामा संलग्न एकजना पक्राउ

किशोरी हत्यामा संलग्न एकजना पक्राउ


विराटनगर । मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ । मामाको छोराको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हतियार प्रहारले उनको गर्धनसहित शरीरका विभिन्न भागमा गहिरो चोट पाइएको थियो ।

घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो । प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो ।

प्रकाशित मिति : २०८०, २२ फाल्गुन मंगलबार  ७ : २१ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ