२०८३, ८ बैशाख बुधबार

तरुण तरुण दलका नेतालाई गोली हान्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

तरुण तरुण दलका नेतालाई गोली हान्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ गैरी चोकमा नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोली हान्ने समूहका चार जनालाई आज सार्वजनिक गरेको हो ।

पकाउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका– २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका– ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत छन् । घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित गणेश होटेलमा बास बसेको प्रहरीले जानकारी दिएको छ । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्व योजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा तीन जना सँगै बसेका थिए ।

एक आशंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइ दिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ । गए राति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा उनीमाथि एक राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो । घटनाका बारे थप अनुसन्धान जारी रहेको र आशंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ९ : १० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले