२०८३, २८ आश्विन बिहीबार

संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनु पर्छ : एमाले उपमहासचिव गुरुङ

संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनु पर्छ : एमाले उपमहासचिव गुरुङ


काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेश दुवैमा मन्त्रालयको संख्या घटाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले मन्त्रालय घटाउनु पर्ने बताउनु भएको हो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमालेका बैचारिक नेता गुरुङले जनतामा छाएको निरासा चिर्न मन्त्रालयको संख्या कटौती गर्न अनिवार्य रहेको तर्क गर्नुभयो । गुरुङका अनुसार संघमा १२ वटा मात्रै मन्त्रालय राख्नुपर्छ । ‘संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्छ । मुलुकले धान्नै नसक्ने गरी खर्च बढाउने भएकोले योभन्दा धेरै मन्त्रालय राखिरहन आवश्यक छैन,’ एमाले उपमहासचिव गुरुङले भन्नुभयो । संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उहाँले बताउनु भयो ।

उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरु पनि कटौती गरी जिल्ला समन्वय समितिसमेत हटाउनु पने बताउनु भयो । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरू हटाएर त्यहा कार्यरत कर्मचारीहरू तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नसके संघीयता कामकाजी हुने उहाँको भनाई थियो । संघीयतामा धेरै काम भएपनि त्यसको प्रचार हुन नसकेको निश्कर्ष समेत उहाँले सुनाउनु भयो ।

यस्तै उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि पनि संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार  ८ : ५० बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’