२०८३, १२ आश्विन मंगलबार

केपी ओली कपको खेलतालिका सार्वजनिक, १० टिमले प्रतिस्पर्धा गर्दै

केपी ओली कपको खेलतालिका सार्वजनिक, १० टिमले प्रतिस्पर्धा गर्दै


काठमाडौं, माघ २३ । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ ।

यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।

यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । अध्यक्ष क्षितिज थेवेका अनुसार प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने उपविजेताले ५ लाख पाउनेछन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार  ८ : ४१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय