२०८३, १४ श्रावण शुक्रबार

अचार स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि गुणकारी

अचार स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि गुणकारी


नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ ।

अचार किन खाइन्छ त ?

धेरैले अचार जिब्रोको स्वादका लागि मात्रै खाइन्छ होला भनेर सोच्छन् । तर होइन अचार स्वादका लागि मात्र होइन, यो शरीरको लागि नभई नहुने खान्की हो । जसले पाचन पक्रियालाई बलियो बनाउने काम गर्छ । साथै यसले यदि कसैलाई खाना रुच्दैन भने अचारसँग खाँदा फाइदाजनक पनि हुन्छ ।

नेपालीको भान्सामा दैनिक तयार हुने अचार ?

प्राय: नेपालीको भान्सामा अनिवार्य रुपमा अचार बनाइएकै हुन्छ । यो नभए पनि केही केही फरक पर्दैन तर सकेसम्म बनाएको हुन्छ । जसमा अधिकांशले घरमा दैनिक रुपमा बनाउने अचारमा जस्तै गोलभेंडा, पुदिना, धनियाँ, मुला, भान्टा, दहीको राइता गुन्दुक र आँपको अचार बनाइन्छ । त्यस्तै कहिलेकाहीं हुने भोजभतेरमा आलु, काँक्रो, मुला, गाँजर र केराउ मिसाएर अचार बनाइन्छ ।

कसरी बनाउने अचार ?

सामान्यतया अचार विभिन्न तरिकाले बनाउन गरिन्छ । भान्साअनुसार अचार बनाउने तरिका फरक(फरक हुन्छ । जस्तै, गोलभेंडाको अचार सिलौटा वा मिक्सचरमा काँचै पिसेर मरमसला हालेर बनाउन सकिन्छ भने गोलभेंडालाई उसिनेर वा तेलमा तारेर मरमसला हालेर पनि बनाउन सकिन्छ । साथै यसमा आफ्नो घरमा भएको अन्य खाद्यवस्तु वा मरमसला थप हाल्न सकिन्छ । त्यस्तै पुदिना र धनियाँको अचार छुट्टाछुट्टै धोएर काँचै मिक्चर वा सिलौटामा पिनेर बनाउने गरिन्छ भने यसलाई अरु अचारसँग मिसाएर पनि बनाइन्छ । त्यसैले अचार यस्तै बनाउनुपर्छ भन्ने तरिका छैन ।

अचारमा के–के पाइन्छ ?

तरकारीमा कुनै पोषक तत्वको कमी छ तर अचार बनाइएको छ भने त्यसबाट परिपूर्ति हुन्छ । अचार बनाइने सामग्री र तरकारीमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र अन्य पोषक तत्व अधिक मात्रामा पाइने भएकाले यसबाट पेटलाई सफा र सुरक्षित राख्न मद्दत गर्छ । प्रायजसो अचार सलाद, वनस्पतिका पातबाट बनाउने भएकाले स्वास्थ्यका लागि यो लाभदायक हुन्छ ।

अचार स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अचारले पाचन पक्रिया बलियो बनाएर मेटाबोलिजम र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । साथै खाना नरुच्ने समस्याबाट पनि छुटकारा दिन्छ । अचारमा पाइने तत्वले एन्टिअक्सिडेन्ट बढाउने हुँदा बुढ्यौलीको समस्या चाँडो आउन दिंदैन । रगतमा हेमोग्लोबिनको मात्रा नियन्त्रण गर्न, पेटलाई सफा राख्न र कब्जियतको समस्यामा पनि अचारले राहत दिन्छ ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ३५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा