२०८३, २८ आश्विन बिहीबार

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा रिलिज

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा रिलिज


काठमाडौं । नेपाली हलमा विदेशी फिल्मको दबदबा जारी रहँदा हिजो ‘हनुमान’ र ‘द बिकिपर’ रिलिज भएका छन् ।

प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । तेजा सिज्जा स्टारर यो एक्सन–एड्भेन्चर ड्रामालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

अन्जान्दरी नामक एक काल्पनिक थलोमा फिल्मको मुख्य पात्रले हनुमानबाट शक्ति प्राप्त गर्छ । त्यसपछि उसले अन्जान्दरीका लागि संघर्ष गर्छ । एक्सन फिल्ममा रुचि राख्नेका लागि यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबार नै नेपालमा प्रतीक्षित हलिउड फिल्म ‘द बिकिपर’ पनि रिलिज भएको छ । जेसन स्थाथम स्टारर यो एक्सन थ्रिलर फिल्मलाई डेभिडर आयरले निर्देशन गरेका हुन् ।

एक शक्तिशाली र गुप्त संगठनको पूर्वसञ्चालक बिकिपर भएको खुलासापछि बदलाको लागि एक क्रूर अभियान सञ्चालन हुन्छ । मुलुकलाई नै जोखिममा राखेर यो मिसन चलाइन्छ । यो फिल्म थ्रिलर कथावस्तुमा छ ।

अहिले पनि नेपालमा द मिल्लर, मेरी क्रिसमस, डंकी, सलार र आक्वाम्यान पनि प्रदर्शनरत छन् ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : २६ बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा