२०८३, ३१ भाद्र बिहीबार

राजनीतिक क्रान्ति सफल भयो भनेर आरामले सुतेर बस्ने बेला छैन : शंकर पोखरेल

राजनीतिक क्रान्ति सफल भयो भनेर आरामले सुतेर बस्ने बेला छैन : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताउनुभयो ।

यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको भनाइ छ । यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गर्नुभयो ।

माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गर्नुभएको उहाँले बताउनुभयो । ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो’, उहाँले भन्नुभयो । राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले सुतेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । ‘अब राजनीतिक क्रान्ति सफल भयो भनेर आराम गरेर सुतेर बस्ने बेला हो त ? अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो । पोखरेलले नेकपा एमालेका चुनौती के हुन् र अबको बाटो के हो भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले यी सबै कुरा क्लियर गरेको पोखरेलले प्रष्ट पार्नुभयो । पार्टीमा अहिले विचारका, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नभएको बताउनुभयो । ‘त्यसमा हामी एक ठाउँमा छौँ’, उहाँले भन्नुभयो ।
यति हुँदाहुँदै पनि कतिपय नेता कार्यकर्ताको बिचमा अविश्वास यथावत् रहेको उहाँले बताउनुभयो । आजको राजनीतिको मूल समस्या दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको पोखरेलले बताउनुभयो । त्यो केही समस्या माधव नेपाल र झलनाथ खनालले लिएर गएका पनि अझै समस्या पूर्ण रूपमा नसकिएको उहाँको भनाइ छ ।

वैचारिक राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने उहाँले बताउनुभयो । कठिन संघर्षबाट आएका मानिसहरू पनि अवसरवादी बन्छन् भन्ने कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । बाली सपार्न गोडमेल र मलजल गर्नु परेजस्तै क्रान्तिकारितालाई जोगाइ राख्नलाई पनि गोडमेल र मलजल आवश्यक हुने पोखरेलले बताउनुभयो । ‘समाज बदल्नु छ भने चेतनाको कुरा गर्नुपर्दछ, समाज बदल्नु छैन भने जे छ त्यही कुरा गरे हुन्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले पार्टीका नेताहरूले नै समाजमा नयाँ विचार ल्याउनु पर्ने बताउनुभयो । त्यसैले पार्टी नेताले सधैँ नयाँ विचार दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरेल सिद्धान्त जीवन्त हुनु पर्ने बताउँदै हरेक सिद्धान्त जीवनसँग जोडिनु पर्ने बताउनुभयो ।
सबैभन्दा क्रान्तिकारी भनिएका मोहनविक्रम सिंह आज श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने अवस्थामा पुगेको भन्दै पोखरेलले आलोचना गर्नुभयो । आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेका भन्दै पोखरेलले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको हो भन्दै प्रश्न गर्नुभयो ।

नेकपा एमाले जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी भएको बताउँदै पोखरेलले जनताको बहुदलीय जनवाद नेकपा एमाले मात्र पेवा नभएको प्रष्ट पार्नुभयो । जनताको बहुदलीय जनवाद नेपाली क्रान्ति र समाज परिवर्तनको विज्ञान भएको पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ५ : ५० बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण