२०८३, १५ श्रावण शनिबार

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषाण गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।

कृषिमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ । वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने बताएका थिए ।

‘कृषि क्षेत्रका राष्ट्रिय तथा प्रादेशिक महत्व तथा प्राथमिकता र त्यसको हालसम्मको अवस्थाको सन्दर्भमा छलफल भएको छ,’ मन्त्रालयले नोट जारी गर्दै भनेको छ, ‘चैते धानबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन, रासायनिक मलखादको व्यवस्थापन, बिक्री वितरण तथा सहज उपलब्धता र बाँझो जमिन उपयोग सम्बन्धमा छलफल भएको छ।’

यस्तै छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपन्छीजन्य रोग – किराहरु तथा सम्भावित महामारी र प्रकोप नियन्त्रण तथा भ्याक्सिनको प्रयोग सम्बन्धमा प्रदेश सरकारका कृषि मन्त्रालयसाँग छलफल गरेको हो ।

‘न्यूनतम समर्थन मूल्य, कृषि तथा पशुपन्छीको बीमाका लागि आवश्यक उत्पादन लागत संकलन, कृषि तथ्यांक संकलन तथा व्यवस्थापनमा एकरुपता कायम गर्ने, ‘संघ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वय सम्बन्धी कार्यप्रक्रिया २०८०’ को कार्यान्वयन लगायत विषयमा छलफल भयो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : २०८०, २७ पुस शुक्रबार  १ : ३१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा