२०८३, २० आश्विन बुधबार

पोखराको लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको आदेश

पोखराको लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको आदेश


काठमाडौं । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चौबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्च अदालतले आज आदेश दिएको हो ।

देवीकुमारी बरालको रिट निवेदनमा कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चौबिसै घण्टा खोल्न आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

अदालतले निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नूरनगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं। २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा चौबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले निषेध परमादेशसमेतको माग राखेर कात्तिक २१ गते रिट दायर गर्नुभएको थियो ।

अदालतको आदेशमा विपक्षीहरूलाई सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत भनिएको छ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, २२ कार्तिक बुधबार  ५ : ४२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय