२०८३, २० आश्विन बुधबार

भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ

भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ


काठमाण्डौ । भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् । गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ ।

शुक्रवार रातिदेखि नै प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् ।

चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका छन् । चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ ।

भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन्  । तर, वितरणमा ढिलाइ भएको छ । पीडित समक्ष छिटोभन्दा छिटो राहत पुर्याउन लागि परेको स्थानीय सरकारले जनाएका छन् ।

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले उद्धार र राहतका लागि दिनरात खटिएको बताउनु भएको छ । केही क्षेत्र अति विकटमा रहेकाले राहत पुर्याउन कठिन भएको उहाँले बताउनु भएको छ । क्षतिको तथ्याङ् सङ्कलनमा ढिलाइ हुँदा राहत वितरणमा समस्या भएको उहाँले बताउनुभयो ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पीडितलाई तनि दिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ । यस्तै, भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ । भूकम्पबाट १ सय ५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २०८०, २० कार्तिक सोमबार  १० : ३६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय