२०८३, ११ कार्तिक बुधबार

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा


काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।

भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् ।

यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।

ओमानविरद्धको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय गर्दै ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा छन् ।

प्रकाशित मिति : २०८०, १९ कार्तिक आईतबार  ११ : २८ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव