२०८३, ११ कार्तिक बुधबार

तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍यो

तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍यो


काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय काभ्रेले तराईका विभिन्न जिल्लाबाट वीपी राजमार्ग हुँदै काठमाण्डौ आउने सार्वजनिक गाडीमा ल्याइएको चिनी बरामद गरेको छ ।

प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ । पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।

पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि तराईका विभिन्न जिल्लाबाट अवैध रूपमा चिनीको ओसारपसार भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले सार्वजनिक गाडीमा बिल नभएका, कर छली गरी बोरामा पोका बनाई लुकाएर ल्याएका चिनी जफत गरेको बताउनुभयो । सर्वसाधारणले भने घरायशी प्रयोजनका लागि ल्याएको चिनी पनि बरामद गरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ८ : २३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव