२०८३, २ भाद्र बुधबार

तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍यो

तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍यो


काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय काभ्रेले तराईका विभिन्न जिल्लाबाट वीपी राजमार्ग हुँदै काठमाण्डौ आउने सार्वजनिक गाडीमा ल्याइएको चिनी बरामद गरेको छ ।

प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ । पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।

पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि तराईका विभिन्न जिल्लाबाट अवैध रूपमा चिनीको ओसारपसार भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले सार्वजनिक गाडीमा बिल नभएका, कर छली गरी बोरामा पोका बनाई लुकाएर ल्याएका चिनी जफत गरेको बताउनुभयो । सर्वसाधारणले भने घरायशी प्रयोजनका लागि ल्याएको चिनी पनि बरामद गरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ८ : २३ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश