२०८३, १२ आश्विन मंगलबार

तनहुँमा एकै दिन १ सय ८२ डेङ्गी सङ्क्रमित थपिए

तनहुँमा एकै दिन १ सय ८२ डेङ्गी सङ्क्रमित थपिए


काठमाडौं । तनहुँमा दैनिक डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । झन्डै दुई महिनाअघिदेखि फैलिएको डेङ्गी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार मात्रै एक सय ८२ जना डेङ्गी सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा सोमवारसम्म छ हजार चार सय ८४ जना डेङ्गी सङ्क्रमित रहेकामा त्यो सङ्ख्या बढेर छ हजार छ सय ६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा ६० जना सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गी सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भिड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

डेङ्गी सङ्क्रमणबाट बच्न वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको र घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउने लगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा। परिवर्तन बरालले बताउनुभयो । डेङ्गी सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न, झोलिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ८ : ११ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय