२०८३, ९ बैशाख बिहीबार

११ किलो सुन प्रकरण : काठमाडौँबाट थप १ जना पक्राउ

११ किलो सुन प्रकरण : काठमाडौँबाट थप १ जना पक्राउ


काठमाडौँ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।

असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ । तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपालतर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले बताए । डिएसपी खड्का भन्छन्– ‘खोलावारी ल्याएपछि उनीहरुले आलुको बोरामा लुकाएर लामाबगरतर्फ ल्याएको भेटिएको छ ।’

प्रकाशित मिति : २०८०, २ कार्तिक बिहीबार  १ : १४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले