२०८३, २९ श्रावण शनिबार

उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका

उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका


काठमाडौं । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो ।

यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्। इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लागेको थियो ।

शुक्रबारको सर्वसाधरणमाथि भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बालबालिका, जसमध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्।
फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५ः३० बजे रेकर्ड गरिएको देखिन्छ । तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि लडिरहेको देखिएको छ। अरूहरू सडकमा यता-उता छरिएका छन् ।

केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  ६ : ०६ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका