२०८३, ७ कार्तिक शनिबार

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन : कृषिमन्त्री भुसाल

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन : कृषिमन्त्री भुसाल


काठमाण्डौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ । कसरी हुने रु त्यसमा केन्द्रित हुनुपर्छ । हाम्रा मुख्य बाली– धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामीले त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान अपुग छ, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग छ । मकै पनि अपुग छ । अन्य वस्तुहरू पनि आयात गरेका छौँ । मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना नबनाइकन धेरै कुराले केही पनि काम गर्दैन । कसरी १३ लाख मेट्रिक टन धान उत्पादन गर्ने रु त्यसबारेमा सोच्नुपर्छ ।’

मन्त्री भुसालले मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यो वर्ष कम्तीमा पनि एक लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाउन र छ देखि सात लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले नेपाललाई दुई वर्षका लागि धान, चामल निर्यात गर्छौँ भनेको छ तर अर्को वर्ष दिएन भने के गर्ने रु त्यसैले यो वर्ष कम्तीमा पनि एक लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाऔँ । जहाँबाट छदेखि सात लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न सकिन्छ ।’

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताउनुभयो । यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुसारको काम गर्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ५ : ३३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने