२०८३, ३० असार बुधबार

सर्वदलीय बैठक सम्पन्न : इजरायलमा रहेका नेपालीको उद्दारमा गर्न दलहरुको सुझाव

सर्वदलीय बैठक सम्पन्न : इजरायलमा रहेका नेपालीको उद्दारमा गर्न दलहरुको सुझाव


काठमाडौं । इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीहरुबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक कुनै ठोस निर्णय बिनै सकिएको छ ।
बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न आग्रह गरे ।
‘सरकारले के गर्दैैछ भन्ने भनेर उहाँले सबै दललाई जानकारी दिनुभयो । सरकारले अत्यन्तै सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्यौं ।’
त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पिडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’
कसरी अगाडि बढ्ने त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मुलत बंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शव यथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा जोड दिइयो ।’
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले, इजरायलमा संकटमा रहेका नेपालीहरुको उद्दारबारे छलफल भएको भन्दै यस्ता घटनामा सबै पार्टी एकै ठाउँमा उभिने विषय बस्तु आएको बताए ।
उनले भने ‘सरकारले जुन पहल कमदी लिएको छ यो ठिकै छ । यसलाई कार्यान्वयनमा लैजान लागोस् । साथसाथै आधिकारिकरुपमा चै जनतालाई आधिकारिक ठाउँबाट सही सूचना संप्रेशण गर्ने कुरा चै सरकारले गरोस् भन्ने सुझाव आएको छ । ’
प्रधानमन्त्री प्रचण्डले, सरकारको इजरायलमा दश जना नेपालीको ज्यान गएको प्रशंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलिय बैठक आह्वान गरेका थिए ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १२ : ०५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै