२०८३, ९ बैशाख बिहीबार

गाउँपालिका अध्यक्ष लागूऔषध मुद्दामा दोषी ठहर, तोकियो साढे ३ बर्षको जेल सजाय

गाउँपालिका अध्यक्ष लागूऔषध मुद्दामा दोषी ठहर, तोकियो साढे ३ बर्षको जेल सजाय


बागलुङ । निसीखोला गाउँपालिकाका अध्यक्षलाई लागूऔषध भण्डारणको अभियोगमा जेल सजाँय तोकिएको छ । उनी नेपाली काँग्रेसका नेता समेत हुन ।

वडा अध्यक्ष छँदा गाँजाको भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटनु भएका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साढे तीन बर्ष जेल सजाँय तोकेको हो ।

आइतवार उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाय तोकेको हो । यसअघि ९ महिना पहिला जिल्ला अदालत बागलुङले पनि घर्तीलाई ५० हजार जरिवाना र साँढे तीन बर्ष जेल सजाँय तोकेको थियो ।

केही समय फरार भएर उच्च अदालतमा पुरनरावेदन गरेपछि मात्र घर्ती बाहिर निस्कनु भएको थियो । जिल्लाको फैसलापछि फरार घर्तीले उच्चमा पुनरावेदन गरेपछि राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागि बन्दै आउनु भएको थियो ।

२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका वडा नंं ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ ९क० अनुसार २०७७ भदौ ४ गते घर्तीबिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परे लगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि घर्ती धरौटीमा रिहा हुनुभएको थियो ।

धरौटीमा रिहा भएकोले घर्तीले वडा अध्यक्षको काम नियमित रुपमा गर्नुभयो । गत बर्ष गाउँपालिकाको अध्यक्ष पदमा पनि उहाँ उमेदवार बनी निर्वाचित हुनुभयो । कांग्रेसबाट उमेदवार बन्दा उहाँबिरुद्ध दाबीबिरोध परेको थियो । तर निर्वाचन आयोगले उनको उजुरी उपर कुनै कारवाही गरेन ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ५१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले