२०८३, २९ श्रावण शनिबार

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्पतिको कुकुरलाई घर निकाला

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्पतिको कुकुरलाई घर निकाला


अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।

जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ ।

गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो ।

यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ ।

प्रथम महिलाकी प्रवक्ता एलिजाबेथ अलेक्जेन्डरले गत बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्-ह्वाइट हाउसमा काम गर्ने तथा दिनहुँ आफूहरुको सुरक्षा गर्ने व्यक्तिहरुको सुरक्षाप्रति राष्ट्रपति र प्रथम महिला निकै गम्भीर हुनुहुन्छ । उहाँहरु अमेरिकी सेक्रेट सर्भिसका साथै संलग्न सबैको सहयोग तथा धैर्यका लागि कृतज्ञ हुनुहुन्छ र समस्या समाधानका लागि काम भैरहेको छ । कमान्डर अहिले ह्वाइट हाउसभित्र छैन र आगामी कदमबारे मूल्यांकन भैरहेको छ ।

यद्यपि हाल कमान्डर कुकुरलाई कहाँ राखिएको छ अनि भविष्यमा पुनः ह्वाइट हाउसमा फर्किने सम्भावना कति छ भन्ने बारेमा भने उनले खुलाएकी छैनिन् ।

बाइडेनको कुकुरले ११ भन्दा धेरै पटक मानिसहरुलाई टोकेको विषयमा सिएनएनले समाचार सार्वजनिक गरेसँगै ह्वाइट हाउसले विज्ञप्ति निकालेको हो ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने ह्वाइट हाउस कम्प्लेक्समा निकै तनावपूर्ण अवस्थामा रहनु परेकोले कुकुरले आक्रमण गरेको दाबी गत जुलाइमा गरेका थिए । साथै कुकुरको आनीबानी सुधारका लागि नयाँ तालीम दिन लागिएको पनि ह्वाइट हाउसले जनाएको थियो ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ५६ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका