२०८३, ९ बैशाख बिहीबार

धेरै ठाउँमा हत्या गरेको बयानपछि प्रहरीले गरायो सञ्जयको ‘ब्रेन म्यापिङ’

धेरै ठाउँमा हत्या गरेको बयानपछि प्रहरीले गरायो सञ्जयको ‘ब्रेन म्यापिङ’


काठमाडौँ । काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् ।

आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ‘ब्रेन म्यापिङ’ केन्द्र स्थापना गरेको छ । केन्द्रीय कारागारमा लगेर भण्डारीको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ । पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो । पोलिग्राफ गर्दा आरोपीसँग प्रश्नोत्तर गरेर ढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय बोल्न नसक्ने हुनाले उनको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका सञ्जयलाई प्रहरीले दोभासेको सहयोगमा लेख्न लगाएर अनुसन्धान गरिरहेको छ ।

सोधपुछको क्रममा भण्डारीले नक्साल स्थित भाटभटेनी, सुकेधारा, रातोपुल र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू चकित भएका छन् । सञ्जय ‘सिरियल किलर’ हुनसक्ने आशङ्कामा प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । ब्रेन म्यापिङ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । हत्या गरेको दाबी गरे पनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’

सुकेधारमा मृत भेटिएका गोरखाका एक जना पुरुषलाई उनले हत्या गरेको दाबी गरेका छन् । मृत भेटिएका व्यक्ति गोरखा घर भएको पुष्टि भएको अनुसन्धान संलग्न एक जना अधिकृतले बताए ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ११ : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले